काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार तरकारी, फलफूल, मसला तथा माछामासुका थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ५० रुपैयाँ, सानो (भारतीय) ५५ रुपैयाँ र सानो (तराई) ६५ रुपैयाँ कायम गरिएको छ। आलु रातो प्रतिकिलो २६ रुपैयाँ, आलु रातो (भारतीय) २५ रुपैयाँ तथा प्याज सुकेको (भारतीय) ३७ रुपैयाँ तोकिएको छ।
हरियो तरकारीतर्फ गाजर (लोकल) ६० रुपैयाँ, गाजर (तराई) ३० रुपैयाँ, बन्दा (लोकल) ४५ रुपैयाँ, बन्दा (तराई) ३० रुपैयाँ, काउली स्थानीय ३० रुपैयाँ र काउली स्थानीय (ज्यापु) ४० रुपैयाँ कायम भएको छ।
भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ६० रुपैयाँ, बोडी ५० रुपैयाँ, मटरकोसा ६० रुपैयाँ, राजमा ११० रुपैयाँ, तीते करेला ९० रुपैयाँ, लौका ३० रुपैयाँ, चिचिन्डो ५० रुपैयाँ, घिरौँला ३० रुपैयाँ तथा स्कुस ६० रुपैयाँ तोकिएको छ।
सागपाततर्फ रायोसाग ६० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, चमसुर ८० रुपैयाँ, तोरीसाग ४० रुपैयाँ, मेथी ८० रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ र बकुला ६० रुपैयाँ रहेको छ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २२० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ निर्धारण गरिएको छ।
फलफूलतर्फ स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, कागती ३९० रुपैयाँ, केरा दर्जनको २५० रुपैयाँ, अनार ४०० रुपैयाँ, हरियो अङ्गुर २४० रुपैयाँ, कालो अङ्गुर ३८० रुपैयाँ र तरबुजा ४५ रुपैयाँ कायम गरिएको छ।
मेवा (नेपाली) ८० रुपैयाँ, मेवा (भारतीय) ९० रुपैयाँ, किबी ४५० रुपैयाँ तथा एभोकोडो ८०० रुपैयाँ तोकिएको छ।
मसलातर्फ अदुवा १०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी १०० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ तथा लसुन सुकेको (चाइनिज) २०० रुपैयाँ र लसुन सुकेको (नेपाली) १३० रुपैयाँ कायम गरिएको छ।
माछातर्फ ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ, छडी ३०० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ तोकिएको समितिले जनाएको छ।