शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चक्कु प्रहार गरी युवकको हत्या, दुई जना पक्राउ

मंगलबार, बैशाख ८ २०८३

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाह समारोहमा सहभागी भएका एक युवकमाथि चक्कु प्रहार गरी हत्या गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको विवाहमा गएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो।

स्थानीय युवाबीच भएको विवादका क्रममा चक्कु प्रहार भएपछि गम्भीर घाइते भएका सायरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा राति २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई नियन्त्रणमा लिइएको बताए।

उनले आरोपित दुवैलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखेर घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी पनि दिए।