काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ का अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देश जारी गर्दै उनले २०८२ साललाई इतिहासको रूपमा उल्लेख गर्दै त्यस अवधिका सफलता, असफलता, अवसर र चुनौतीबाट पाठ सिक्नुपर्ने बताएका छन्। विगतको समीक्षा गर्दै उज्ज्वल भविष्यतर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन्।
उनले नयाँ वर्ष २०८३ ले देशलाई सुरक्षित र समृद्ध बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याओस् भन्ने कामना व्यक्त गरेका छन्। साथै, देश निर्माणका लागि अनुभव र नवयुवा ऊर्जाबीच सार्थक समन्वय आवश्यक रहेको उल्लेख गरेका छन्।
ओलीले सबै नेपालीमा नयाँ वर्ष २०८३ को सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।