बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

मंगलबार, चैत्र २४ २०८२

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने सम्पूर्ण श्रमिकहरूलाई यात्रा गर्दा आवश्यक कागजपत्र अनिवार्य रूपमा साथमा राख्न अनुरोध गरेको छ।

विभागले जारी गरेको विज्ञप्तिअनुसार यही चैत २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल वा रसिद सबै श्रमिकहरूले अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ। यो व्यवस्था संस्थागत तथा व्यक्तिगत रूपमा जाने दुवै प्रकारका श्रमिकहरूमा लागू हुने जनाइएको छ।

त्यसैगरी, म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था) मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले सो संस्थालाई बुझाएको सेवा शुल्कबापतको आधिकारिक रसिद पनि अनिवार्य रूपमा साथमा राख्नुपर्ने विभागले स्पष्ट पारेको छ।

विभागले सबै इजाजतपत्र प्राप्त संस्थाहरूलाई श्रमिकबाट लिएको सेवा शुल्कको भौचर, रसिद वा भरपाइ अनिवार्य रूपमा उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

विभागले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएर वैदेशिक रोजगारीलाई थप पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य राखेको जनाएको छ।