शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भक्तपुरमा प्रहरीको ‘स्वीप अपरेसन’ जारी, एकैदिन ३० जना पक्राउ

सोमबार, चैत्र २३ २०८२

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ अन्तर्गत आइतबार हिजाे एकैदिन ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ।

प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काका अनुसार, “आइतबारको अपरेसनमा ३० जना पक्राउ परेका छन् भने हिजो मात्रै ६० जनालाई नियन्त्रणमा लिइएको थियो।” पक्राउ परेकाहरूलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

प्रहरीले विभिन्न घटनामा संलग्न भएको आशंकामा व्यक्तिहरूलाई नियन्त्रणमा लिएको बताउँदै सार्वजनिक शान्ति सुरक्षा भंग गर्ने गतिविधि नियन्त्रणका लागि यस्तो अभियान निरन्तर जारी रहने जनाएको छ।

सार्वजनिक स्थानमा होहल्ला गर्ने, शंकास्पद गतिविधिमा संलग्न हुने, लागूपदार्थ सेवन गर्ने तथा समूह बनाएर अवाञ्छित गतिविधि गर्ने व्यक्तिहरूलाई लक्षित गर्दै अपरेसन सञ्चालन गरिएको प्रहरीले जनाएको छ।