काठमाडौँ । नेपाल निर्माण व्यवसायि महासङ्घ को नयाँ नेतृत्व निर्वाचनमा निकोलश पाण्डे अध्यक्षमा विजयी भएका छन्। पाण्डेले ५१४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी ए डि लाम ले ४१३ मत प्राप्त गरे ।
महासचिव पदमा शिवहरि घिमिरे निर्वाचित भए। उनले ५२७ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी बलिभद्र रानाले ३८० मत प्राप्त गरे।
प्रदेश उपाध्यक्षको चुनावमा कोशी प्रदेशमा धिरेन्द्र दाहाल, मधेस प्रदेशमा शम्भु ठाकुर, वागमती प्रदेशमा बालकृष्ण थापा, गण्डकी प्रदेशमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेशमा शहदेव खड्का, कर्णाली प्रदेशमा हिमबहादुर बुढा र सुदूरपश्चिम प्रदेशमा प्रकाशबहादुर शेट्टी विजयी भए ।
नीतिगत उपमहासचिवमा मंगल शाही, आन्तरिक उपमहासचिवमा सन्तोष शाह, महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल, कोषाध्यक्षमा उज्ज्वल गौतम र सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भए ।