काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदीको भाउ घटेको छ।
आइतबार प्रतितोला दुई लाख ८६ हजार रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा झरेको छ। यो आइतबारको मूल्य भन्दा दुई हजार पाँच सय रूपैयाँ कम हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आज प्रतिऔंस ४,४९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला चार हजार सात सय बीस रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँले घटेको हो।