बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेको इन्स्योरेन्सद्धारा डिजिटल क्यालेण्डर प्रकाशित

बुधबार, चैत्र ११ २०८२

काठमाडौं । देशको निर्जीवन बीमा बजारमा विगत ३० बर्ष देखि सेवा पु¥याउँदै आएको नेको इन्सुरेन्स लिमिटेडले ग्राहकको सेवामा समर्पित हुँदै नयाँ नयाँ बीमा योजना, ठाउँको ठाउँ दावी भुक्तानी जस्ता सेवाहरु बीमित समक्ष ल्याएको छ । कम्पनीले विभिन्न समूदाय, विद्यालय तथा कलेजहरुमा बीमा सचेतना कार्यक्रम, अभिकर्ता तालिम आदि कार्यक्रमहरु संचालन गर्दै आमजनमानसमा बीमा सम्बन्धमा सुसूचित गर्दै आएको छ । यसै परिप्रेक्षमा नयाँ बर्ष २०८३ को उपलक्षमा कम्पनीले डिजिटल क्यालेण्डर सार्वजनिक गरेको छ ।

नेपाल पंचाङ्ग निर्णायक समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेण्डरबाट आगामी नयाँ बर्ष २०८३ सालको विदा, पर्व , मुहूर्त लगायतका महत्पूर्ण जानकारी प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । उक्त डिजिटल क्यालेन्डर सहज रुपमा प्राप्त गर्नका लागि कम्पनीले क्यूआर कोड समेत सार्वजनिक गरेको छ । सो क्यूआर कोड स्क्यान गरी २०८३ को क्यालेन्डर हेर्न तथा डाउनलोड गर्न सकिनेछ । उक्त क्युआर कोड कम्पनीको सामाजिक संजालहरु तथा वेभसाईट मार्फत सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।