शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेसको १५औं महाधिवेशन भदौमा गर्ने तयारी

सोमबार, चैत्र ९ २०८२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौमा गर्ने तयारी गरिएको छ ।

मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेताहरूले बताएका छन् ।

सभापति गगन थापा निर्वाचनपछि पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् ।

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्वीकार गरेको थियो ।

मंगलबार सभापति थापाको अध्यक्षतामा बस्ने बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यसअघि नियमित महाधिवेशन गर्ने उद्देश्यसहित पुसमा कार्यतालिका ल्याइए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन गरिएको थियो ।