शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सशस्त्र प्रहरी बलमा दुई डीआईजीको पदावधि थप, अन्य बढुवामा असर पर्ने सम्भावना

बिहिबार, चैत्र ५ २०८२

काठमाडौँ । सशस्त्र प्रहरी बलमा दुई डीआईजी, प्रदीप पाल र लक्ष्मणबहादुर सिंहको पदावधि थप गरिएको छ।

उनीहरूको पदावधि थपसँगै सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापाको बढुवामा असर पर्न सक्ने सम्भावना बढेको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले साधारण समूहतर्फका यी दुई डीआईजीको पदावधि थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको दुई सातापछि यो निर्णय भएको हो। पदावधि थपसँगै दुवै आजबाट अर्को एक वर्ष जिम्मेवारीमा रहनेछन्।

सशस्त्र प्रहरी नियमावलीअनुसार डीआईजी पदको अवधि चार वर्षको हुन्छ। यसै प्रावधान अनुसार लक्ष्मणबहादुर सिंह र प्रदीप पाल २०८२ चैत ५ गते अनिवार्य अवकाशमा जाने तयारीमा थिए।

सिंस नं. १ बाट डीआईजी बनेका अन्य अधिकारीहरूले (श्रेष्ठ, पोखरेल, शाह, थापा) पदावधि थप गर्नु नहुने माग गरेका थिए, तर उनीहरूको प्रयास सफल भएन। पदावधि थप भएपछि उनीहरू डिआइजी पदमै रहनुपर्ने अवस्था सिर्जना भएको छ।

लक्ष्मणबहादुर सिंह र प्रदीप पालले आफ्नो करिअर नेपाल प्रहरीको प्राविधिक सेवाबाट सुरु गरेका थिए। उनीहरू २०५४ चैत १८ गते प्राविधिक सई (कम्प्युटर अपरेटर) पदमा सेवा प्रवेश गरेका थिए र पछि सशस्त्र प्रहरी बलमा प्रवेश गरेर डीआईजीसम्म पुगेका हुन्।