काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि (शुक्रबार) बस्ने भएको छ। पार्टी सभापति गगन कुमार थापाले राजीनामा दिएपछि बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा आयोजना हुन लागेको हो।
बैठकमा विशेषगरी गगन कुमार थापाको राजीनामाबारे छलफल हुने बताइएको छ। बैठकले राजीनामा अस्वीकृत गर्ने र थापालाई फिर्ता लिन आग्रह गर्ने तयारी गरेको छ।
केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपा, बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्नेछ।