काठमाडौं । चिल्लो पदार्थको मात्रामा कमी भएको भन्दै सिताराम गोकुल मिल्क्स उद्योगको प्रशोधित दूध बिक्री–वितरण रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुध बिक्रीमा रोक लगाएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २ चैतमा कम्पनीको स्थलगत अनुगमनले दूधमा चिल्लो पदार्थ (फ्याट) को मात्रा मापदण्ड भन्दा कम भेटिएको थियो । दुधमा चिल्लो पदार्थ तीन प्रतिशत हुनुपर्नेमा १.४ प्रतिशत मात्रै रहेको पाइएको थियो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, ०८१ बमोजिम गुणस्तहीन ५१९ क्रेट बिक्री–वितरण नगर्ने निर्देशनसहित रोक्कासमेत गरिएको विभागको एक कर्मचारी जानकारी दिए । साथै, विभागले थप अनुसन्धान तथा प्रयोगशाला परीक्षणका लागि उक्त ब्याचको दुधको नमुना संकलनसमेत गरेको छ ।
