बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

झापामा लागुऔषधसहित सात जना पक्राउ

बुधबार, चैत्र ४ २०८२

 झापा । भद्रपुरमा खैरो हिरोइनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरमा गए राति खानतलासी गर्दा खैरो हिरोइन बरामद भएको थियो। सो घरबाट लागुऔषध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ।

त्यस्तै, भद्रपुर बसपार्कबाट चार जनालाई खैरो हिरोइनसहित नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।