बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इरानले अमेरिका–इजरायली आक्रमणविरुद्ध आफ्नो रक्षा गर्ने

आइतबार, चैत्र १ २०८२

तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता बघाईले अमेरिका र इजरायली आक्रमणविरुद्ध जतिसुकै समय लागे पनि आफ्नो रक्षा गर्ने बताएका छन्।

फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिका ले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण सुरु गरेका थिए। यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका इजरायल र अमेरिकी आधार शिविर तथा सम्पत्तिहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमणको लहर सुरु गरेको थियो।

आणविक कार्यक्रमको सन्दर्भमा बघाईले अमेरिका र इजरायली पक्षलाई इरानको आणविक गतिविधिहरू पूर्ण रूपमा शान्तिपूर्ण रहेको कुरा स्पष्ट रहेको बताए। साथै, इरानले फारसको खाडी क्षेत्रका कुनै पनि राज्यप्रति दुश्मनी नराख्ने पनि उनले स्पष्ट पारे।