काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ३,१३,२०० रूपैयाँमा किनबेच भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला ३,१६,९०० रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने स्थिर रहँदै आइतबार जस्तै प्रतितोला ५,४७५ रूपैयाँमा कारोबार भइरहेको छ।