बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

इलाम–१ मा काँग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा

सोमबार, फाल्गुन २५ २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत इलाम–१ मा नेपाली काँग्रेस र श्रम संस्कृति पार्टीबीच कडा प्रतिस्पर्धा जारी रहेको छ।

पछिल्लो मतगणना अद्यावधिक अनुसार हालसम्म ५० हजार ५०४ मत गणना सम्पन्न भएको छ। यसमा नेपाली काँग्रेसका निस्कल राईले ११ हजार १६५ मतसहित अग्रता कायम गरेका छन्। उनी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुभन्दा ३४० मतले अगाडि रहेका छन्। लिम्बुले १० हजार ८२५ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा (एमाले) का काजीमान कागतेले १० हजार २३७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल गदालले ६ हजार ७५८ मत प्राप्त गरेका छन्।

यस्तै नेकपाका रनबहादुर राईले ५ हजार २४१ मत प्राप्त गरेका छन्।