कर्णाली । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फ कर्णाली प्रदेशका सबै १२ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भई अन्तिम नतिजा सार्वजनिक भएको छ।
मतपरिणामअनुसार नेपाली कांग्रेसले पाँच सिट जितेको छ भने नेपाली कम्युनिष्ट पार्टीले चार सिट जितेको छ। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक–एक सिट जितेका छन्।
नेपाली कांग्रेसका तर्फबाट सुर्खेत–१ बाट विष्णुबहादुर खड्का, दैलेख–१ बाट बासना थापा, जाजरकोटबाट खडकबहादुर बिसी, मुगुबाट खड्गबहादुर शाही र हुम्लाबाट जयपति रोकाया निर्वाचित भएका छन्।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सल्यानबाट रमेश मल्ल, रुकुम पश्चिमबाट गोपाल शर्मा, डोल्पाबाट धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन्।
अन्य दलतर्फ सुर्खेत–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा, दैलेख–२ बाट नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेल तथा एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही निर्वाचित भएका छन्।