बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्रीको कार्यालयमा

आइतबार, फाल्गुन २४ २०८२

काठमाडौँ । जेनजी आन्दोलन जाँचबुझ आयोगको टोली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन बुझाउन पुगेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो।

आयोगका कर्मचारीहरूले प्रतिवेदन र सम्बन्धित कागजातहरू बोकेर कार्यालयभित्र प्रवेश गरेका छन्। प्रतिवेदन बुझाएपछि उनीहरूले पत्रकार सम्मेलन गर्ने पनि जनाएका छन्।