काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगा क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन्।
पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई केवल पाँच मत अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। अन्तिम मतपरिणामअनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरेका छन् भने लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्।