बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विराजभक्त श्रेष्ठ भन्छन् : ‘निलो क्रान्ति’ सुरु भयो

शुक्रबार, फाल्गुन २२ २०८२

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठको अग्रता कायमै रहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत जनउद्वार माध्यमिक विद्यालयस्थित मतगणना स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र परिवर्तनको पक्षमा मत दिएको बताएका छन् ।

उनले भने, ‘जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र परिवर्तनलाई अनुमोदन गरेको जस्तो मलाई लागेको छ । देशभर लहर चलेको छ ।

सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्न चाहन्छु । जुन विवेक प्रयोग गर्नुभएको छ, त्यसले राम्रो सन्देश दिएको छ ।’

श्रेष्ठले देशमा ‘निलो क्रान्ति’ को सुरुवात भएको दाबी पनि गरे ।

‘अब निलो क्रान्तिको सुरुवात भएको छ । सबै साथीहरूलाई विनम्र हुन पनि अनुरोध गर्छु । देशभर जनताले रास्वपालाई जिताउन अनुमोदन गर्नुभएको छ ।

देशव्यापी रूपमा हामीले पहिले संसदमा खेलेको भूमिका जनताले नियालेको कारण आज यति धेरै मत ल्याउन सफल भएका छौं,’ उनले भने ।