रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्ट उम्मेदवार रहेको गुल्मी २ मा पनि रास्वपाले अग्रता लिएको छ । पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थीले एक हजार ३७३ मत पाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठले एक हजार ३१३, नेकपा एमालेका गोकर्ण विष्टले एक हजार २३८, नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले ४६२ मत पाएका छन् ।