भक्तपुर । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ ले अग्रता लिएको छ।
भक्तपुर क्षेत्र–१ मा रास्वपाका उम्मेदवार रुकेश रन्जितले तीन हजार ४५२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का प्रेम सुवालले एक हजार ९८२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गरेका छन्।
त्यसैगरी भक्तपुर क्षेत्र–२ मा रास्वपाका राजिव खत्रीले दुई हजार मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। नेकपा (एमाले) का महेश बस्नेतले एक हजार २८१ र नेपाली कांग्रेसका कविर राणाले १७४ मत प्राप्त गरेका छन्।
मतगणना अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।