शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रतितोला ११ हजारले घट्यो सुन

बुधबार, फाल्गुन २० २०८२

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबार प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको सुनको भाउ आज प्रतितोला ११ हजार रुपैयाँले घटेको हो।

आज सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार भने सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। मंगलबार प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ५ हजार ५ सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

लगातारको उतारचढावका बीच बजारमा सुनचाँदीको मूल्यमा तीव्र परिवर्तन देखिएको छ।