'मैले यस देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि'
काठमाडौं । नेकपा एमालेका अध्यक्षा केपी शर्मा ओलीले मतदातासँग भिडिओ सन्देशमार्फत राष्ट्रको भविष्य बचाउने वा विध्वंसको बाटो रोज्ने स्पष्टता देखाउन समय आएको बताएका छन्।
ओलीले मतदातालाई सोधे, “तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा?” उनले चेतावनी दिए कि आफूले समयमै निर्णय नगरेको खण्डमा इतिहासले होइन, व्यक्तिगत रूपमा आफैंले आफैँलाई माफ नपाउने स्थिति आउन सक्छ।
उनले थपे, “जिन्दगीको अन्तिम मोडमा मैले त्यसबेला बोल्नुपर्थ्यो कि पर्दैनथ्यो? आँखा र कान खोल्नुपर्थ्यो कि पर्दैनथ्यो? हातखुट्टा उठाउनुपर्थ्यो कि पर्दैनथ्यो?” – जस्ता प्रश्नहरूको जवाफ दिने नैतिक साहस मतदातामा रहोस् भन्ने अभिप्राय व्यक्त गरे।
पूर्वप्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सन्दर्भमा भन्नुभयो, “एउटा निर्वाचित सरकारलाई अपदस्थ गर्न विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गरिएको थियो। आज ठण्डा दिमागले एउटा प्रश्नको जवाफ दिनुपर्नेछ – यो देश हामीले बचाउने कि नबचाउने?”
भ्रम र आलोचना रहेको स्वीकार्दै उनले भने, “तर तपाईंलाई यो पनि थाहा छ – मैले यस देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि।” ओलीले आफू बाँचेका दिनभन्दा बढीका लागि देश र भविष्यका पीढीको लागि लडिरहेको पनि बताएका छन्।