काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा अब केवल ४ दिन बाँकी रह्यो। देशभर मतदाता निर्वाचनका लागि तयार हुँदैछन् भने राजनीतिक दलहरूले अन्तिम प्रचार-प्रसार अभियान तीव्र बनाएका छन्।
भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरूले भोलि रातिसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन् ।
निर्वाचन आउनै लाग्दा निर्वाचन आयोगले मतदाता सचेतना, मतदान सुरक्षा र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न विभिन्न तयारीहरू अघि सारेको जनाएको छ। मतदाता सूची, मतदान स्थल व्यवस्था, सुरक्षा र पहुँचसम्बन्धी तयारीमा पनि विशेष ध्यान दिइएको छ।
देशभर मतदाताले आफ्नो मत प्रयोग गरी प्रतिनिधि सभा सदस्य चयन गर्न अब चार दिनको पर्खाइ मात्र बाँकी छ।