बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मध्यपूर्वको युद्धले निद्रा हरायो, बेचैन छु: अध्यक्ष ओली

आइतबार, फाल्गुन १७ २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपूर्वी देशहरूमा बढ्दो युद्ध र मिसाइल आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत मध्यपूर्वको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृश्यले आफूलाई निद्रा नपरेको बताएका छन्।

ओलीले ती देशहरूमा लाखौं नेपाली रोजगारी र बसोबासका लागि रहेका उल्लेख गर्दै उनीहरू अप्ठ्यारो र कोलाहलको परिस्थितिमा रहेको बताएका छन्। साथै, नेपालमा रहेका तिनका परिवारहरू पलपल छट्पटाएर बस्नुपरेको अवस्थाप्रति उनले सहानुभूति व्यक्त गरेका छन्।

उनले खुला विश्व व्यवस्थामा संसारभर नागरिकहरूको आवागमन स्वाभाविक भए पनि युद्ध र भूराजनीतिक द्वन्द्व अस्वाभाविक र खतरनाक भएको बताएका छन्। शक्तिको स्वार्थ हावी हुँदा शान्तिपूर्ण राष्ट्रहरू समेत विवश हुनुपर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ।

नेपालले हालसम्म युद्धको प्रत्यक्ष मार नखेपेको उल्लेख गर्दै उनले यस्तो अवस्था कुनै पनि आवरणमा नेपालमा नआओस् भन्ने प्रार्थना गरेका छन्। उनले यस संवेदनशील घडीमा सबैमा सजगता, धैर्य, विवेक र साहस आवश्यक रहेको उल्लेख गरेका छन्।