बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

काठमाडौं उपत्यकाको ६ ठाउँँमा कांग्रेसको चुनावी सभा, शीर्ष नेताहरूले सम्बोधन गर्ने

आइतबार, फाल्गुन १७ २०८२

काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा आयोजना गर्ने भएको छ। सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

दिउँसो १ बजे काठमाडौं–१० को कीर्तिपुरमा हुने सभालाई सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन्। उक्त क्षेत्रमा कांग्रेसबाट जिल्ला सदस्य हिमाल कार्की उम्मेदवार रहेका छन्।

दिउँसो २ बजे भक्तपुर–२ को ठिमीमा आयोजना हुने सभामा उपसभापति शर्माले सम्बोधन गर्ने तालिका छ। उक्त क्षेत्रमा कांग्रेसले पत्रकार कबिर राणालाई उम्मेदवार बनाएको छ। त्यस्तै, काठमाडौं–२ को पेप्सीकोला टाउनप्लानिङमा हुने सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्नेछन्, जहाँ कबिर शर्मा उम्मेदवार छन्।

दिउँसो ३ बजे काठमाडौं–७ को बालाजुमा हुने सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन्। त्यहाँ प्रमोदहरि गुरागाईं कांग्रेसका उम्मेदवार छन्।

दिउँसो ३:३० बजे काठमाडौं–५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा आयोजना हुनेछ। काठमाडौं–५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं–६ मा जिल्ला सभापति कृष्णसबुज बानियाँ उम्मेदवार रहेका छन्। संयुक्त सभालाई सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै, दिउँसो ४ बजे काठमाडौं–४ को बालुवाखानीमा हुने चुनावी सभामा पनि सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ।