काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश समिति सदस्य ठगेन्द्र न्यौपाने नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
उनीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।
न्यौपाने अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा मोरङ–२ बाट रास्वपाका उम्मेदवार बनेका थिए। पार्टीले संसद भवन जलाउन भूमिका खेलेको आरोप लागेका कृष्ण कार्कीलाई टिकट दिएको भन्दै उनले रास्वपा परित्याग गरेको बताएका छन्।