काठमाडौं । काठमाडौं महानगरपालिका–१२, टेकुको रोडलाइन प्यालस होटल कोठा नम्बर १०५ मा जडिबुटी व्यापारी पूर्णबहादुर बोहरालाई अपहरण गरी केही दिनसम्म बन्धक बनाइएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार बोहरा जडिबुटी व्यापारी हुन् र अपहरणकारीहरूले उनलाई कुटपिट समेत गरेको जानकारी प्राप्त भएको छ।
पक्राउ पर्नेहरूमा होटल सञ्चालक कास्कीका शिवबहादुर घर्ती, सुर्खेत घर भई कलंकी बस्ने टेकुस्थित अस्पतालका स्वास्थ्य सहायक फपेन्द्र न्यौपाने, र जुम्लाका धनराज बस्नेत रहेका छन्।
उनीहरूलाई सोमबार नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। एसपी कार्कीका अनुसार अपहरणको कारण लेनदेनसम्बन्धी विवाद रहेको बताइएको छ।