शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

तोलामा ५ हजार ६ सय रुपैयाँले बढ्यो सुन

आइतबार, फाल्गुन १० २०८२

काठमाडौं । सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो ।  आज सुनको मूल्य ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३२५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार चाँदी ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।