शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पर्सामा १६० किलो गाँजासहित चालक पक्राउ

मंगलबार, फाल्गुन ५ २०८२

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरी को संयुक्त टोलीले १६० किलो गाँजासहित एक जना चालकलाई पक्राउ गरेको छ।

सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकास्थित मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकी स्वीफ्ट कारबाट चालक बुद्धिलाल घलानसहित उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीका अनुसार चालक घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको छ।

प्रहरीका अनुसार कारको डिक्कीमा प्याकिङ गरी राखिएको गाँजा फ्याँक्ने क्रममा चालकलाई नियन्त्रणमा लिइएको थियो। घलानको साथबाट रु २२ हजार ५०० नगद र रियलमी कम्पनीको एक स्मार्टफोनसमेत बरामद भएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।