काठमाडौं । स्थानीय बजारमा आज (मंगलबार) सुनको मूल्यमा थप गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन तोलामा तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो।
यता चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ। आज चाँदी तोलामा चार हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी चार हजार ८६० रुपैयाँमा कारोबार भएको थियो। यसरी चाँदीको मूल्य आज २५ रुपैयाँले बढेको छ।
हाल अन्तर्राष्ट्रिय बजारको प्रभाव, विनिमय दर र माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव देखिँदै आएको छ।