शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सुनचाँदीको भाउ घट्यो, कति छ आज ?

सोमबार, फाल्गुन ४ २०८२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुन सोमबार भने ३ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ। आइतबार भने सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि सोमबार घटेको छ। चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको छ।