विद्यार्थी आन्दोलनबाट जन्मिएको दलको लज्जास्पद हार
काठमाडौं । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बिहीबार सम्पन्न आम निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ ।
बंगलादेशका ३०० मध्ये २९९ निर्वाचन क्षेत्रमा मतदान भएको थियो । शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको निधन भएपछि त्यहाँको निर्वाचन स्थगित गरिएको थियो ।
हालसम्म सार्वजनिक २०६ सिटको नतिजाअनुसार बीएनपीले १६५ सिट जित्दै अग्रता बनाएको छ । तारिक रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवै क्षेत्रमा विजयी भएका छन् । उनी गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए ।
जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनले ४५ सिट जितेको छ । जमात प्रमुख Shafiqur Rahman ढाका–१५ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले ३ सिट हात पारेका छन् ।
करीब दुई दशकदेखि सत्ताबाहिर रहेको बीएनपीले यस निर्वाचनमार्फत सशक्त पुनरागमन गरेको छ । पार्टीले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ ।
मतदानपछि प्रतिक्रिया दिँदै तारिक रहमानले आफू प्रधानमन्त्री बने देशमा कानून–व्यवस्था सुदृढ बनाउने कार्यलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।
सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनको जगमा जन्मिएको ने;नल सिटीजन पार्टीले लज्जास्पद हार व्यहाेरेकाे छ । याे पार्टीले अहिलेसम्म २ स्थानमा मात्रै अग्रता बनाएको छ ।