काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रमा हालसम्म एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएको छ।
निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँके जिल्लाका मतपत्र छापिएका हुन्। दैनिक १५ लाख मतपत्र छापिने क्रममा रहेको छ।
समानुपातिक निर्वाचन प्रणालीका लागि भने दुई करोड ८ लाख ३० हजार मतपत्र छापिसकिएको छ। पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत दुई करोड ३३ हजार मतपत्र छाप्ने तयारी भइरहेको छ।