बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अध्यक्ष ओलीद्वारा नेपाली क्रिकेट टोलीलाई इंग्ल्यान्डसँगको खेलका लागि शुभकामना व्यक्त

आइतबार, माघ २५ २०८२

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा आज इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै नेपाली खेलाडीहरूका लागि भावुकता व्यक्त गरे। उनले भने, “हाम्रा लागि क्रिकेट केवल खेल होइन, हाम्रो प्रगतिको पहिचान र स्वाभिमान पनि हो। खेलाडीहरूको मेहनत र पसिनाका लागि हामीले रंगशाला जस्तै पूर्वाधार निर्माण गर्नुपर्छ, सहयोग पुर्‍याउनुपर्छ।”

उनले मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका सबै नेपाली खेलाडीहरूको साथमा रहेको उल्लेख गर्दै भने, “विपक्षी जतिसुकै बलियो होस्, तपाईंहरूले त्यसको हिसाब नगरी आफूमा कुनै हिनताबोध पाल्न दिनुहुँदैन। नेपाली युवाको रगत र आत्मविश्वास तपाईंहरूसँग छ।”

अध्यक्ष ओलीले प्रिय क्याप्टेन रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले यसपटक नयाँ कीर्तिमान रच्ने विश्वास व्यक्त गर्दै भने, “हार–जित खेलको भाग हो, तर मैदानमा उत्त्रीदाँ जित्ने उद्देश्यका साथ खेल्नुहोस्। नेपालको शिर ठाडो राख्नुहोस्।”

आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो खेलमा नेपालले विश्वविजेता इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ। विश्वकपका क्रममा नेपालका सबै खेल मुम्बईमै हुनेछन्।