शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बिहिबार, माघ २२ २०८२

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट देखिएको छ। बुधबारको तुलनामा दुवै धातुको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

आज एक तोला छापावाल सुनको मूल्य रु २,९५,२०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४,९८० कायम भएको छ। बुधबार सुनको मूल्य रु ३,०४,७०० र चाँदीको मूल्य रु ५,६०० थियो। गत मङ्गलबार सुन रु २,९०,३०० र चाँदी रु ५,३३५ मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औँस ५,७८० अमेरिकी डलर र चाँदीको मूल्य ९० अमेरिकी डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।