बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रभु बैंकको नयाँ सीईओमा सुमन शर्मा नियुक्त

मंगलबार, माघ २० २०८२

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन्।

बैंकले मंगलबार बसेको सञ्चालक समिति बैठकले उनलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा परिचित छन्। उनले यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए।

निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएका थिए, जुन स्वीकृत गरेपछि शर्मा नियुक्त भएका हुन्। उनीसँग ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकमा समेत कार्य अनुभव छ।

शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् र सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए।