शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुन–चाँदीको भाउ घट्यो, कति छ आज ?

सोमबार, माघ १९ २०८२

काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १३,४०० रुपैयाँले घटेर २,८६,६०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको भाउ प्रतितोला १८,८०० रुपैयाँले घटेर ३,००,००० रुपैयाँमा पुगेको थियो।

सोमबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आइतबार प्रतितोला ५,५०० रुपैयाँमा रहेको चाँदी सोमबार ३ सय रुपैयाँले घटेर ५,२०० रुपैयाँमा कायम भएको छ।