काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुन तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदी सात हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि बिहीबार सुन तीन लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी सात हजार ५०५ रुपैयाँमा किनबेच भएको महासङ्घले जनाएको छ ।
यस्तै, गत बुधबार एक तोला छापावाल सुन तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदी सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने गत मङ्गलबार सुन तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ अमेरिकी डलर र सेतो धातु (चाँदी) ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।