छ महिनामा कमाए ३० अर्ब ५९ करोड रुपैयाँ खुद मुनाफा
काठमाडौं । बाँणिज्य बैंकहरुको खुद मुनाफा बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुले यस अवधिमा ३० अर्ब ५९ करोड ३९ लाख सात हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ११ दशमलव ५१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैंयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासमा सबै भन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिलले चार अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा ग्लोवल आईएमई बैंकले तीन अर्ब २५ करोड २१ लाख १७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । प्रभु, कृषि र कुमारी बैकले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः एक अर्ब एक करोड ४४ लाख ५७ हजार, ७० करोड ७४ लाख २६ हजार र दुई अर्ब ७२ करोड रुपैंयाँ खुद मुनाफा कमाएका छन् । नेपाल बैंक, माछापुच्छे« बैंक र सिद्धार्थ बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः एक अर्ब ३० करोड ४८ लाख एक अर्ब एक करोड ११ लाख र एक अर्ब ३२ करोड ६६ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । लक्ष्मी, सनराईज बैंकले भने चालु आवको दोस्रो त्रैमासमा २७ करोड ६३ लाख १५ हजार रुपैंयाँ खुद नोक्सानी बेहोर्दा एनआईसी एशिया र एनएमबी बैंकले क्रमशः एक अर्ब ३१ करोड १९ लाख र एक अर्ब चार करोड रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।
चालु आवको दोस्रो त्रैमासिक अवधिमा प्राईम कर्मसियल, राष्ट्रिय बाँणिज्य र एभरेष्ट बैंकले भने क्रमशः दुई अर्ब चार करोड ३३ लाख, एक अर्ब ७७ करोड र दुई अर्ब ११ करोड रुपैंयाँ खुद मुनाफा कमाएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा र नेपाल एसबिआई बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः एक अर्ब ६१ करोड ३० लाख, एक अर्ब ३९ करोड १० लाख र एक अर्ब तीन करोड १३ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । स्टान्र्डड चार्टड, सिटिजन्स र हिमालयन बैंकले पनि चालु आवको दोस्रो त्रैमासमा क्रमशः ८२ करोड ४२ लाख, ३५ करोड ८८ लाख र एक अर्ब २९ करोड ३६ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

