बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

महाराष्ट्र उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन, देशभर शोक

बुधबार, माघ १४ २०८२

महाराष्ट्र, भारत । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार बिहान निधन भएको छ ।

बारामती विमानस्थलमा अवतरण प्रयासका क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उनीसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ ।

शिवसेना (युबिटी) का सांसद अरविन्द सावन्तले यस घटनालाई ‘अत्यन्त दुःखद’ भन्दै पवार परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले बारामती क्षेत्रको विकासमा अजित पवारको योगदान उल्लेख गर्दै उनलाई साहसी र प्रतिबद्ध नेता ठानेको स्मरण गरे ।

शिवसेना (युबिटी) की सांसद प्रियङ्का चतुर्वेदीले पनि घटनालाई स्तब्ध र हृदयविदारक बताउँदै मतभेद भए पनि सँगै काम गरेको अनुभव सम्झिए र पवार परिवार तथा बारामतीका जनताप्रति सहानुभूति व्यक्त गरे ।

विमान बिहान करिब ८ बजे मुम्बईबाट उडेको थियो र अवतरण प्रयासका क्रममा दुर्घटनामा परेको थियो । घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्केको देखिएको थियो । अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी घटनाबारे जानकारी लिएका छन् । विभिन्न दलका सांसद तथा केन्द्रीय मन्त्रीहरूले पनि उहाँको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।