शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बारामा एकै परिवारमाथि साङ्घातिक आक्रमण, आमा–छोराको मृत्यु, तीन जना गम्भीर घाइते

बुधबार, माघ १४ २०८२

बारा । बारामा आज बिहान एकै परिवारमाथि भएको साङ्घातिक आक्रमणले स्थानीय क्षेत्र शोकमा डुबेको छ । परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीह गाउँमा अज्ञात समूहले घरमै पसेर धारिलो हतियार प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

घटना आज बिहान करिब ३ बजेतिर भएको प्रहरीले जनाएको छ । स्थानीय जगरुप महतो धानुकको परिवारलाई लक्षित गरी आक्रमणकारीहरूले घरभित्रै प्रवेश गरी धारिलो हतियार प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा डीएसपी विजयराज पण्डितका अनुसार आक्रमणमा ५२ वर्षीया महिला र उनका ३२ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका परिवारका अन्य तीन सदस्यको एलएस न्यूरो अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको डीएसपी पण्डितले जानकारी दिए । घटनाको कारण खुल्न बाँकी रहेकाले थप विवरण आउन बाँकी रहेको र दोषीलाई छिट्टै कानुनी दायरामा ल्याइने बारा प्रहरीले जनाएको छ ।