काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढ्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले वृद्धि भएको छ।
आज छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि आज उल्लेख्य वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २७५ रुपैयाँले बढेर ६ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ।