काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–७ बसुन्धारा खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका–६ बस्ने इलाम, इलाम नगरपालिका–४ घर भएका ३७ वर्षीय दिपक राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय भरत सन्ज्याल र सोही नगरपालिका–५ बस्ने २७ वर्षीय मदन आचार्य रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलालीको टिकापुर नगरपालिका–८ बटनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ बस्ने २३ वर्षीय राहुल लुहार, बर्दिया गेरूवा गाउँपालिका–२ पाताभार बस्ने २३ वर्षीय समिर चौधरी र २० वर्षीय अनिश थारू रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय दिपक धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित बुद्धशान्ति गाउँपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
ललितपुरको गोदावरी नगरपालिका–५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका–१२ धापाखेल बस्ने रामेछाप मन्थली घर भएका २२ वर्षीय पाल्देन लामा समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले बा.९७ प ५८६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सर्लाहीको मलंगवा नगरपालिका–४ गणेशिया चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ७ किलो ८ सय ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कौडेना गाउँपालिका–१ बस्ने १९ वर्षीय नितेश मण्डल र चक्रघट्टा गाउँपालिका–३ बस्ने ३२ वर्षीय शेष मोफिज रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले सुखचैनाबाट शिवसागर बजारतर्फ आउँदै गरेको बीआर ०६ एबि २७२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० दर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ५० मिलिग्राम सहित भारत पिलिभित टाटरगंज बस्ने २२ वर्षीय मंगु सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ०६ बिएम ९११६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बरेलीटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय दिपक थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।