काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले शहिद पुत्रको प्रस्तावमा रूकुम पूर्वबाट प्रतिनिधिसभा उम्मेवार दर्ता गराएका छन्।
उनले बाजा गाजासहित रुकुम पूर्वबाट मनोनय दर्ता गरेपछि त्यहाँ सम्बोधन गरेका छन् । उनी शहिद लक्षीराम केसी पवनका छोरा जीवन खड्को प्रस्तावमा उम्मेदवार बनेका हुन् ।उनलाई अर्का युवा कालि प्रसाद रोक्काले पनि प्रस्ताव गरेका हुन् । भने समर्थन भिउमान घर्ति र कुमारी बराल गौतमले समर्थन गरेका छन्।