शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कमल थापाले गरे काठमाडौँ–५ बाट उम्मेदवारी दर्ता

मंगलबार, माघ ६ २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

थापाले आज निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा उहाँ काठमाडौँ–५ बाट चुनावी प्रतिस्पर्धामा उत्रन लागेका छन्। थापाको राप्रपा नेपाल र राप्रपाबीच केही समय अघि मात्र एकता भएकाे थियाे ।

यसअघि थापा मकवानपुर निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका थिए ।