शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस सभापतिमा गगन थापाको एकल उम्मेदवारी

बुधबार, पुष ३० २०८२

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरिसकेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा उनको एकल उम्मेदवारी परेको छ।

काठमाडौंमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएपछि थापाले उम्मेदवारी दर्ता गरेका हुन्।

विशेष महाधिवेशनमा सहमतिको प्रयास विफल भएपछि पार्टी निर्वाचन प्रक्रियातर्फ अघि बढेको हो।