काठमाडौँ । विगत केही दिनदेखि नै सुनचाँदीले नयाँ मूल्य रेकर्ड बनाइरहेको छ। बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रति तोला १ हजार ५०० रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ पनि उच्च दरले बढेको छ। एकैदिन चाँदीको भाउ प्रति तोला ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेकाले व्यापारी र लगानीकर्ताबीच चासो बढ्दो छ।