शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रपति पौडेलकी छोरी संज्ञाले समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिइन्

मंगलबार, पुष २९ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेलले नेपाली कांग्रेसको समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्।

नेपाली कांग्रेसले संज्ञा पौडेललाई समानुपातिक बन्दसूचीमा समावेश गरेपछि सार्वजनिक रूपमा आलोचना सुरु भएको थियो।

यसै सूचीमा पूर्व राष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम पनि समावेश गरिएको विषयले थप विवाद जन्माएको थियो।

आलोचना बढेपछि संज्ञा पौडेलले स्वेच्छाले बन्दसूचीबाट नाम फिर्ता लिएको जानकारी दिएकी छन्।  उनले भनिन्, “अहिलेको परिस्थितिअनुसार बन्दसूचीमा बस्न ठीक छैन भन्ने ठानेर मैले नाम फिर्ता लिएको हुँ।”